देउवाको प्रश्न : आफू काम बिगार्ने, दोष अरूलाई लगाउने ?

364

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नो काम बिगार्ने र दोष अरूलाई थोपर्न नपाइने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफलमा बोल्दै उनले प्रतिपक्षले दुई तिहाइको सरकारलाई सहयोग समर्थन गर्दा आफू आलोचित हुनु परेको बताए ।

कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको देउवाको भनाइ छ ।

“समयमा कोभिडको खोपको व्यवस्था गर्न सकेन । फलस्वरूप नेपाल विश्वमा नै कोभिडको उच्च जोखिममा रहेको देशको रूपमा रहेको छ,” देउवाले भने, “यो सबै सरकारको तयारी नभएरै हो ।”

Share This:
सम्बन्धित खबर
Loading...