काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभित्र फैलिएको कोरोना संक्रमण सरकारको चरम लापरवाहीको संज्ञा भएको आरोप लगाएको छ ।
कोरोना संक्रमणका विषयमा कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै निवास बुढानिकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरवाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगाएका हुन् ।
यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवारी रहेको भन्दै उनले सरकारले बिगतका गल्तीबाट पाठ सिक्न नसकेको बताए । उहाले कांग्रेस लगाएत सरोकारवालाले दिएको सल्लाहलाई सरकारले आत्मसात गर्न नसकेको तर्क गरे ।
देउवाले प्रधानमन्त्री ओली अधुरा काममा पनि भिडभाड जम्मा गरेर उद्घाटन गर्दै तडकभडकमा मग्न भएको आरोप पनि लगाए ।
त्यस्तै, उनले सरकारलाई तत्काल संक्रमितको उपचारको लागि आइसियू बेड आवश्यक औषधि उपचार उपलब्ध गराउन माग गरे । उपत्यकामा निषेधाज्ञा गरेपछि कोभिड परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु काम संक्रमित जिल्लामा पुगेको उनको भनाइ छ । यसका कारण कम संक्रमण भएको जिल्लामा व्यापक हुने खतरा बढेको उनले बताए ।