काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना महामारीको सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे आफ्नै निवास बूढानिलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । “कोरोनाको महामारीकै विषयमा फोकस गरेर सभापतिज्यूले ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ,” उनले भने ।
सम्मेलनमार्फत् देउवाले १४औँ महाधिवेशन, अन्य समसामयिक विषयमा पनि सार्वजनिक गर्ने बताइएको छ ।