जिम्बाब्वेसँग पाकिस्तान स्तब्ध

439

काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टी-२० मा जिम्बाब्वे विजयी भएको छ । शुक्रबार भएको खेलमा जिम्बाब्वेले पाकिस्तानलाई १९ रनले पराजित गर्दै सिरिज १-१ को बराबरीमा पुर्याएको छ ।

१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ९९ रनमा समेटिदै सर्मानक हार ब्यहोर्यो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४१, दनिश आजिजले २२ तथा मोहम्मद रिजवानले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनमा स्कोर बनाउन सकेन ।

हरिस रौफ ६, मोहम्मद हाफिज ५, फहीम अस्रफ र फखर जमान २-२ मा आउट भए ।

जिम्बाब्वेका लुक जोङ्वेले ४ तथा र्यान ब्रुलले २ विकेट हात पारे ।

यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली जिम्बाब्वेले निर्धारि २० ओभरमा १ सय १८ रन बनाएको थियो ।

जिम्बाब्वेका तिनशे कामुनुखुमवेले ३४, रेजिस चकवाले १८, वेस्ले मधेभरेले १६ रनको योगदान दिए ।

Share This:
सम्बन्धित खबर
Loading...