काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको छ ।
प्रचण्ड र नेपालबीच कोटेश्वरको एक व्यवसायीको घरमा छलफल भएको हो ।
नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
कर्णालीमा नेपाल पक्षको सहयोगमा माओवादीको सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।