आयोजक एड्भान्स क्लबलाई अरुण भ्याली भेट्रान्स फुटबलको उपाधि

298

खाँदबारी । अरुण भ्याली भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक एड्भान्स क्लब मानेभञ्याङले जितेको छ ।

मंगलबार महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा लोहोरुङ क्लब पाङ्मालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधिमा कब्जामा जमाएको हो ।

विजेता एड्भान्सले शिल्ड, मेडलसहित नगद रु ७५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता लोहोरुङ क्लबले ५० हजार रुपैयाँ पाएको छ ।

तस्बिर सामाजिक सञ्जाल : श्याम राई

यसैगरी प्रतियोगिताको सेमिफाइनमा पुगेका दुई टोली हाङथुङ क्लब मादी र मिर्मिरे क्लब तामाफोकले समान १५–१५ हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताको उत्कृट खेलाडी छनौट भएका एड्भान्सका दीपक चौहान तीन हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा जिल्लाभरिका १० वटा टोलीको सभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...