महन्थलाई प्रचण्डको प्रस्तावः पीडित–पीडित मिलेर लडौँ

531

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पीडितहरुको मोर्चा बनाएर लडाइँ लड्नुपर्ने बताएका छन् ।

बृहत नागरिक आन्दोलले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको ‘नागरिको प्रश्न दलहरुको जबाफ’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गर्दै प्रचण्डले जसवा र माओवादी केन्द्र दुवै पीडित भएका कारण पीडितहरु मिलेर अड्नुपर्ने बताएका हुन् ।

“तपाईँहरु पनि पीडित हो, हामी पनि पीडित हो,” महन्थलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “पीडितको मोर्चा बनाएर लडाइँ लड्ने हो, जित्ने हो ।”

उनले आफूले केपी शर्मा ओलीलाई हराएको र पार्टी साधारण सदस्यबाट समेत निष्काशन गरेको बताए । उनले आफू ओली प्रवृत्तिविरुद्ध अझै दुई–चार दिन संसदमा प्रयास गर्ने र भएन भने सडकमा आउने बताए ।

“पटक–पटक महन्थजी र म पहिचानका लागि लड्ने काम गरेका छौँ, मधेसका निम्ति १३ सय जनाले सहादत दिएका छन्, त्यो कुरा महन्थजीलाई थाहा छ,” उनले भने, “कहिले २२ दल त कहिले २२ दलको संगठन बनाएर संघर्ष गरेकै हो ।”

संविधानलाई परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले आफू रेशम चौधरीको रिहाइको पक्षमा रहेको पनि बताए । उनले ओली गुटका मान्छेले एकपछि अर्को गर्दै जेलमा गएर चौधरीकालाई भेटेको बताउँदै उनले त्यो सत्ता स्वार्थबाहेक केही हुन नसक्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...