काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेको बताएका छन् । उनले संसद्लाई प्रभावकारी बनाउन आफ्नोतर्फबाट सधैँ भूमिका खेल्ने बताए ।
संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै ‘मेरो भूमिका इतिहासले मूल्याङकन गर्नेछ । संविधानवाद र जनताको थलो कायम राख्ने काम गर्नेछु,’ सभामुख सापकोटाले भने, ‘सिंगो देशको गरिमा अघि बढाउने जिम्मेवारी मलाई दिएको छ । यसमा म सचेत छु ।’
उनले संसद् बहसको थलो भएको उल्लेख गर्दै त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने बताए । उनले अहिले केही अन्योलको अवस्था देखिएपनि निराश हुन जरुरी नभएको बताए ।