झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ

376

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको हत्यामा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरुमा स्थानी विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनीहरु तीनै जना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा संलग्नता देखिएकाले उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश नम्बर द२ प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिन अघि मात्र कंकाल फेला परेको थियो ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले यसअघिनै छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहर मधुबनी घर भइ बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...