कोरोना संक्रमण बढ्न थालेपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

459

विराटनगर । नेकपा एमालेले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै शुक्रबार विराटनगरमा तय गरिएको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला स्थगित गरेको छ । भेलालाई सम्बोधन गर्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आउने टुंगो लागेको थियो ।

नेकपा एमाले प्रदेश १ कमिटी सचिव विनोद ढकालले कोरोनाका कारण अगुवा कार्यकर्ता भेला अहिलेलाई स्थगित गरिएको बताए ।

“सुनसरी, मोरङ र झापा जिल्लामा कोरोनाका नयाँ केसहरु फेला पर्न थालेका छन्”, सचिव ढकालले भने, “कोरोनाको केस फेला परिरहेको अवस्थामा सभा सम्मेलन र भेलामा जोखिम निम्त्याउने सम्भावना रहन्छ ।”

स्वास्थ्य मन्त्रालयले पनि केही दिनअघि संक्रमणदर बढेकाले भीडभाड, जुलुस, सभा, गोष्ठी नगर्न र स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन आग्रह गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...