ललिता निवासमा निर्माण भएका घर-टहरा हटाउन मन्त्री तुम्बाहाङ्फेको निर्देशन

347

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र घर टहरा निर्माण रोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले असन्तुष्टि जनाएकी छन् ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिस्तरको निर्णयबाट घर-टहरा निर्माण रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानुनविपरीत निर्माण भइरहेको संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्रचार गरेका छन् । मन्त्री तुम्बाहाङ्फेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, ३ पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख अभियुक्तसहित १ सय ७५ जनाविरुद्ध अस्खितयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...