थप १५० जनामा काेभिड-१९ पुष्टि : ९९ कोरोनामुक्त, ३ जनाको मृत्यु

159

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार ४ सय ७२ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ५० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । यीमध्ये १ हजार १७ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९९ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार २० जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाभित्र ३ जनको कोरोनाबाट मृत्यु भएको छ । थपिएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...