काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् ।
पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोध गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन निष्पक्ष हुनै नसक्ने बताए । नेकपाले जनताबाट पाएको म्यान्डेट गुमाएकाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने उनको भनाइ छ ।
केन्द्रीय समिति र संसदीय दलको बैठकबाट ओलीलाई हटाएर कांग्रेसले नेतृत्व गर्ने निर्णय गराउनुपर्ने सुझाव नेता थापाले कांग्रेस नेतृत्वलाई दिए ।
थापाले अदालतको फैसलाले उपनिर्वाचनमा नेकपाबाट विजयीको दलीय पहिचान नखुलेको बताएका छन् । उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकालाई जनप्रतिनिधि मान्न नसकिने उनले बताए ।