प्रधानमन्त्री ओलीले भने– एमालेमा भाँडभैलो चल्दैन, अन्यथा कानुन र विधानअनुसार हुनेछ

222

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला पार्टी विरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानुन र पार्टीको विधान बमोजिम कारबारी गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय सदस्थ तथा सांसदहरुलाई बालुवाटारमा सम्बोधन गर्नै अध्यक्ष ओलीले बुधबारबाट हुने भनिएको नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराएका छन् । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

ओली भने, “अनुशासनहीन भएमा देशको कानुन, संविधान, पार्टीको विधान संसदको नियमावली, राजनीनितक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु । भोलीको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै कार्यकर्तालाई सचेत गराउँछु ।”

यस्तै, प्रधानमन्त्री ओलीले संसद् विघटनको औचित्य पुष्टि हुँदै गउको बताए । “कामै गर्न नदिउपछि सरकारले संसद विघटन गरेको थियो । पछि सर्वोच्चले त्यो ब्दर गरिदियो । त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो । संसद् बैठक बसेर विधेयकहरु पेस गरिएको थियो । तर सुरुको दिन नै अवरोध गरियो । सभामुखले नै अवरोध गरे । एसिड आक्रमणविरुद्धको अध्यादेश पेस गरिएको थियो । त्यो पनि पेस हुन दिइएन”, प्रधानमन्त्री ओलीले भने, “केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पुर्याए ।”

Share This:
सम्बन्धित खबर
Loading...