प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

558

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । निर्धारित समयमा संसद बैठक सुरु नभएपछि प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

पुनःस्थापित संसद बैठक आज दिनको ४ बजे बोलाइएको थियो । सर्वोच्च अदालतले नेकपा विवादमा ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छलफलमा जुटेको छ । प्रचण्ड–नेपाल छलफलमै रहेकाले संसद बैठक सुरु हुन सकेको छैन ।

प्रधानमन्त्री ओली भने आज ४ बज्नुअघि नै संसद भवन पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...