लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

163

झापा । झापा मेचीनगर नगरपालिका-८ का ३० वर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

शुक्रबार दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर नगरपालिका-८ स्थितबाट WB74R1215 नम्बरको मोटरसाइकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान १ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-११ हडिया खोलामा शुक्रबार साँझ ६ बजे चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ वर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३ सय ५० मिलिग्रामसहित फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...