प्रचण्ड-नेपाल नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई

207

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य योगेश कुमार भट्टराईले नयाँ बन्ने सरकार आफ्नो दलको नेतृत्वमा बन्ने बताएका छन् । संसद बैठक सुरु भएसँगै नयाँ सरकार निर्माणको कार्य सुरु हुने जानकारी दिए ।

“फागुन २३ मा सुरु हुने प्रतिनिधिसभाले नयाँ प्रकृयाबाट सरकार बनाउनेछ,” भट्टराईले भने, “अग्रगमनको आन्दोलन हाँक्ने हाम्रै दलको नेतृत्वमा हुनेछ ।”

उनले नयाँ सरकार कसरी बन्छ भन्नेबारे खुलाएनन् । प्रचण्ड-नेपाल पक्षको नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने संख्या सदनमा छैन ।

प्रचण्ड-नेपाल पक्ष निकट प्रेस संगठन नेपाल १ नम्बर प्रदेशको दोस्रो भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै भट्टराईले सञ्चार नीतिमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताए ।

अब बन्ने नेकपाको सरकारले प्रेसलाई नियन्त्रणमुखी नियम, नीति नल्याउने पनि प्रष्ट पारे । प्रेस संगठन इञ्चार्ज समेत रहेका भट्टराईले पार्टी भित्र सांगठानिक र बैचारिक बहस चलाउन नसक्दा पुस ५ मा संविधान ‘कू’ गर्ने काम भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...