एजेन्सी । प्रेमी प्रेमिकाबीचको सम्बन्ध राम्रो बनाउने फरक फरक तरिका हुन्छन् । चुम्बनको तरिकाले सम्बन्धलाई राम्रो कसरी बनाउने भन्ने निर्धारण हुन्छ । सम्बन्ध प्रगाढ बनाउनमा चुम्बनको मुख्य भूमिका हुन्छ ।
चुम्बन शारीरिक सम्पर्कमा मात्र नभएर आपसी सम्बन्ध राम्रो बनाउने एक उत्तम उपाय पनि हो । तर चुम्बनका धेरै तरिका छन् । आज हामीले सात प्रकारका चुम्बनका तरिकामा विषयमा जानकारी प्रस्तुत गर्दैछौँ ।
गालामा गरिने चुम्बन:- गालामा चुम्बन गर्नुको कारण स्नेह, माया देखाउनु हो । यस्ले सहयोग र पूर्णताको प्रदर्शन गर्छ । यो सकरात्मक आक्रमकको प्रतिक पनि हो ।
ओठमा गरिने चुम्बन:- ओठमा गरिने चुम्बनले मायाको प्रदर्शन गर्छ । ओठको चुम्बनले माया दर्शाउँछ ।
कानमा गरिने चुम्बन:- यौन चाहना दर्शाउनका लागि कानमा चुम्बन गरिन्छ । यसको प्रभाव चुम्बन गर्ने व्यक्तिमा भर पर्छ । उसले कसरी चुम्बन गर्छ भन्ने कुराले ठूलो अर्थ राख्छ ।
हातमा गरिने चुम्बन:- विपरित व्यक्तिप्रति माया देखाउनका लागि हातमा चुम्बन गरिन्छ । यसलाई विश्वासको प्रतिकका रुपमा लिने गरिन्छ ।
निधारमा गरिने चुम्बन:- निधारमा गरिने चुम्बनले आफ्नो जीवनसाथीलाई देखाउने झुकाव हो । यो चुम्बनले विपरीत व्यक्ति भावनात्मक सम्बन्धमा आश्रित हुन्छ ।
फ्लाइंग किस:- फ्लाइंग किस विदाइ वा शुभकामनाका लागि गरिन्छ । गुड लक वा विदाइ दर्शाउनका लागि यस्तो चुम्बन गरिन्छ ।
घाँटीमा गरिने चुम्बन:- घाँटीमा गरिने चुम्बनको अर्थ अन्तरंग सम्बन्धको रुपमा लिने गरिन्छ । शारीरिक रुपमा आकर्षण देखाउनका लागि यो सबैभन्दा उत्तम तरिका हो ।