खाँदबारीमा बौलाहा कुकुर आतंक : टोकाइबाट १३ जना घाइते, एकको अवस्था गम्भीर

228

खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ मा बौलाहा कुकुरको टोकाइबाट एक हप्ताको अवधिमा १३ जना घाइते भएका छन् ।

खाँदबारी–३ मा ६ जना र ९ वटा पशुचौपया र खाँदबारी–४ मा ७ जना गरि जम्मा १३ जनालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको हो । बाटोमा हिँडिरहेको समयमा एक्कासी पछाडिबाट आएर बौलाहा कुकुरले टोकेको स्थानीयले बताएका छन् ।

गत बिहिबार र शुक्रबार खाँदबारी-४ सेकाहाको चिप्लेगाउँमा विद्यालय जाँदै गरेका ७ जनालाई टोकेर घाइते बनाएको थियो । काममा जाँदै गरेको अवस्थामा दुई जना अभिभावक टंकबहादुर राई र देवराज राई लगायत अन्य ५ जना बालबालिकालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको चिप्लेगाउँका स्थानीय शिशिर राईले बताए ।

केहि दिन अगाडि मात्रै खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्ग बजारमा बौलाहा कुकुरले टोकेर ६ जना र ९ वटा पशुचौपया घाइते बनाएको थियो । कुकुरको टोकाइबाट गम्भीर भएका घाइते सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । बजार क्षेत्र र गाउँमा छाडा कुकुरका कारण स्थानीयहरु आतङ्कित बनेका छन् ।

श्रोत : रेडियो सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...