बझाङमा कोरोना संक्रमणबाट शिक्षकको मृत्यु

555

बझाङ । बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना–५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् ।

उनी एक हप्तादेखि विरामी रहेको र गाउँघरकै मेडिकलबाट उपचार गरिरहेको पाइएको छ ।

बिहीबार जिल्ला अस्पताल भर्ना भएका उनी निकै कमजोर अवस्थामा रहेको उपचारका क्रममा शुक्रबार ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डा.मिलन खड्काले बताए ।

उनका अनुसार खप्तडछान्ना लगायत सबै स्थानीय तहमा बिरामीहरु रहेको तर उनीहरु सामान्य रुघाखोकी भन्दै गाउँघरमै उपचार गराइरहेको पाइएको छ ।

सकभरसम्म गाउँघरमै उपचार गर्ने र अवस्था नाजुक भएपछि मात्रै अस्पताल सम्झने बानीले गाउँघर धेरै ठूलो महामारी फैलने डाक्टर खड्काले चेतावनीसमेत दिए । योसँगै बझाङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...