काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वास्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित फर्कने बताएका हुन् । प्रवक्ता शर्माले अस्वस्थका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
“अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, “चाँडैनै पूर्ण स्वस्थ भएर पूर्ण जाँगरसाथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु । धन्यवाद !”
अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु !
चांडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु l विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु l धन्यवाद !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 4, 2021