कोरोना संक्रमितको शव बागमती किनारमै जलाउन थालियो

758

काठमाडौं । कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाइ भएको छ ।

काठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो ।

तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।

सेनाले बागमती किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले बागमती किनारमा सम्याउने काम गरेको छ ।

कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टी नेपाली सेनाको टोलीले गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...