स्वास्थ्य मन्त्रालयले भन्यो– अनावश्यकरुपमा खाली सिलिन्डर होल्ड नगर्नु

521

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रुपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न अनुरोध गरेको छ ।

सोमबार देशैभरका अस्पतालहरुलाई पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रुपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो ।

मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको हुँदा उपचारका लागि जटिल अवस्थाका संक्रमितलाई अक्सिजनको सहज व्यवस्थापन गर्न सबै अस्पताललाई तयारी अवस्थामा रहन अनुरोध गरेको हो ।

खाली राखिएका अक्सिजन सिलिन्डर अनावश्यक रुपमा होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो ।

त्यस्तै, सर्वसाधारणहरुले अक्सिजन सिलिन्डरहरु अनावश्यक रुपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध गरेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...