काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा सिसिएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दैछ ।
बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।
सिसिएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो ।