भारतबाट फर्किएका ७ जनामा कोरोना पुष्टि भएपछि वडामा लकडाउन

141

झापा । झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नम्बर १ मा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि लकडाउन (बन्दाबन्दी) गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । हाटबजार, यातायात, कलकारखानालगायत सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।

भारतमा तीर्थयात्रा गरेर फर्किएका ७ जनामा हालै कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्काले बन्दबन्दी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...