प्रहरीले कंलकीमा प्रहरी र ट्राफिक सञ्चालन गर्‍यो ‘तपाईंको मास्क खोई ?’ अभियान

608

काठमाडौं । प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कंलकीको संयुक्त आयोजनमा तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरले जनहितमा जारी सन्देशसहित अभियानमा होमिएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख शंकर खड्काले उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीसाधन तथा आम नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको बताए ।

मास्क नलगाउने र अटेर गर्नेलाई कंलकी चोकको होल्डिङ्ग सेन्टरमा दुई घन्टा राखि सम्झाइ–बुझाइ र मास्क लगाई छाडिएको कंलकी प्रहरी प्रमुख मिठ्ठु खड्काले बताए ।

कंलकी चोक वरपर मास्क नलगाई हिँड्ने २१ जनालाई दुई घन्टा होल्डिङ्ग सेन्टरमा राखिएको छ ।

अभियान अन्तर्गत चन्द्रागिरि, कंलकीलगायत स्थानहरूमा अभियान सञ्चालन गरिने कंलकी ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...