पछिल्लो २४ घन्टामा संक्रमणबाट २८ जनाको मृत्यु

879

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अनुसार ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टि भएका छन् ।

थपिएका ३ हजार १ सय २२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । यीमध्ये १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २ सय ५२ जना र भेन्टिलेटरमा ६५ जना उपचाररत छन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...