एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, स्पष्टीकरण सोधिएका नेताहरुको कारबाहीबारे छलफल हुनसक्ने

245

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटीको बैठक आज बालुवाटारमा बस्दैछ । बैठक १० बजे बोलाइएको केन्द्रीय सदस्य दीपक देवकोटाले जानकारी दिए ।

आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ । केन्द्रीय कमिटी सदस्य देवकोटाकाअनुसार यसअघि वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरता भए पनि बाँकी नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारबाही बारे थप छलफल हुनसक्छ ।

गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाइ सकेपनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने केन्द्रीय सदस्य देवकोटाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...