‘उषाको किरण’ सार्वजनिक (भिडियो)

292

काठमाडौं । गायक राजेश राज जोशीको स्वर र संगीतमा रहेको ‘उषाको किरण’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन् । गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

 

अष्ट्रेलियामा छायांकन गरिएको यस म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

सुदिप विष्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको छ । हाइलाइट्स नेपालमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...