सरकारी अस्पतालाई निर्देशन : ५० प्रतिशत बेड कोरोना संक्रमितलाई छुट्याउनु

464

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतलाहरुलाई कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै मन्त्रालयले अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले सरकारी अस्पतालहरुलाई संक्रमितको निःशुल्क उपचार गराउन र अनिवार्य फिबर क्लिनिक सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यस्तै, निजी प्रयोगशालाहरुलाई कोरोना परीक्ष गरेबापत २ हजारभन्दा बढी शुल्क नलिन भनेको छ ।

सबै अस्पतालहरुलाई बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपांग भएका संक्रमितहरुलाई विशेष प्राथमिकता दिएर उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...