शून्यमा झरेको सप्तरीमा एक विद्यार्थी संक्रमित भेटिए

184

सप्तरी । सप्तरीको राजविराजमा एक जना विद्यार्थी कोरोना संक्रमित भएका छन् । तीन महिनायता कोरोना दर शून्यमा झरेको जिल्लामा पछिल्लो पटक बिहीबार राजविराज–२ निासी २१ वर्षीय विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

पोखरास्थित इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत उनी एकसाता अघि होली मनाउन घर फर्किएका थिए । उच्च ज्वरोसँगै रुघा, खोकी लागेपछि शंका लागेर स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई होम आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...