टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

240

काठमाडौं । टिपरको ठक्करबाट कलंकीमा पैदलयात्रीको मृत्यु भएको छ । गएराति बल्खुबाट थानकोट जाँदै गरेको ब१ख५८९३ नक्बरको टिपरले ठक्कर दिँदा अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीइ प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए ।

मकवानपुर घर भएका चालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिपरले दिएपछि घाइते भएका थिए ।

त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...