नेपाललाई पोखरेलको पश्न : पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने ?

222

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष र महासचिवको सहमतिबानै भेला गर्नेहरुलाई कुन विधि र पद्धतिको कुरा गरिरहनु भन्दै पश्न गरेका छन् ।

झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता–कार्यकर्ताहरुले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका छन् । दुई दिनसम्म चल्ने भेलालाई मुख्यमन्त्री पोखरेलले विधि र पद्धतिको कुरा निकालेका हुन् ।

“पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने भएपछि के विधि र पद्धतिको कुरा गरिरहनु ?” उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन्, “जति रिस उठेपनि घर त आफ्नै हो नि…”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले पनि गुटगत भेला नगर्न र गरेमा कारबाही गरिने चेतावनी दिइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...