दुई किलो गाँजासहित ३ जना पक्राउ

266

मोरङ । मोरङको विराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुनसरीको धरान उपमहानगरपालिका-११ का २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ वर्षीय चौथानन्द राय रहेका छन् ।

को१ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो साढे ३ बजे टेम्पोको पछाडिपट्टी सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा रहेको २ किलो गाँजासहित पक्राउ गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...