काठमाडौं । प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले रोस्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
सभामुखको निर्देशनमा कानुनमन्त्रीले अध्यादेश सदनमा पेस गरेपछि कांग्रेसका सांसदहरुले रोस्टम घेरेर नाराबाजी गरेका थिए ।
नाराबाजीका बावजुद सो अध्यादेश संसदमा पेस भएको छ ।