पछिल्लो २४ घन्टामा १०७ संक्रमित थपिँदा ७८ जना कोरोनामुक्त

470

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ५ हजार ५ सय ३६ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ । यीमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ७८ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६ सय ८३ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...