विप्लब समूहसँग वार्ता गर्न गृहमन्त्री थापाकाे नेतृत्वमा वार्ता टाेली गठन

361

काठमाडाैं । सरकारले प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासित वार्ता गर्न गृहमन्त्री राम बहादुर थापाको नेतृत्वमा वार्ता टोलीको घोषणा गरेको छ । गृहमन्त्री थापाकाे नेतृत्वमा दुई सदस्यीय वार्ता टाेली घाेषणा गरिएकाे हाे ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टाेली गठन भएकाे जानकारी दिएका हुन् ।

टाेलीमा गृहमन्त्री थापासँगै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...