अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्याे : राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा श्रद्धाञ्जली दिने

146

एजेन्सी । अमेरिका लगातार कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको छ । कोरोना संक्रमणबाट पाँच लाख ११ हजार बढीले ज्यान गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुका लागि श्रद्धाञ्जली दिने भएका छन् । उनले ह्वाइट हाउसमा एक मिनेट मौन धारण तथा मैनबत्ती बाल्नेछन् ।

ह्वाइट हाउसकोतर्फबाट भनिएको छ, “बाइडेन प्रशासनले संक्रमणका कारण आफ्नो ज्यान गुमाएकाहरुको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनीसँग पहिलो पटक जिल बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस साथमा उनाँका पति डक एम्हफ रहनेछन् । यस समारोहका दौरान उनीहरु मौन रहनेछन् र मैनबत्ती जलाउनेछन् ।”

जोन हपकिन्स विश्वविद्यालयकाअनुसार एक वर्षमा लगभग करिब पाँच लाख मानिसहरुको संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कन्सास सिटी, मिसौरी र एटलान्टको जनसंख्या रहेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...