अब मुटुको धड्कन कहिल्यै रोकिने छैन : मृत व्यक्तिको मुटु जीवित मानिसमा सफल प्रत्यारोपण

534

एजेन्सी । बेलायतका डाक्टरहरुले मेसिन बनाएका छन् जुन मरेका मानिसहरुको हृदय पुनः धड्कन/चल्न सक्छ । पहिलो पटक बेलायतका डाक्टरहरुले मुटुलाई सफलतापूर्वक ट्रान्सप्लान्ट गरेका छन् । जुन मुटुको धड्कन बन्द भइसकेको थियो । यानकी मृत घोषित भइसकेको व्यक्तिको थियो ।

अहिलेसम्म ६ बालबालिकामा यस्तो ट्रान्सप्लान्ट गरिसकिएको छ । यी सबै बालकहरु पूर्णरुपमा स्वास्थ्य छन् । योभन्दा अघि केवल ब्रेन डेथ भएका व्यक्तिहरुमा मुटु प्रत्यारोपण हुन्थ्यो ।

बेलायतका राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का चिकित्सहरु मुटु प्रत्यारोपणको प्रविधिमा एक कदम अघि बढेका छन् । क्याम्क्रिजशायरको रोयल पेपवर्थ अस्पतालका डाक्टरहरुले अर्गन केयर मेसिनको माध्यमबाट मृत व्यक्तिको हृदयलाई जीवित पारे । उनीहरुले एक–दुई वटामा हैन ६ जना बालकको शरीरमा धड्कन पैदा गरे ।

यो उपलब्धि हासिल गर्ने यो विश्वको पहिलो टिम बन्यो । एनएचएसको अंग दान तथा ट्रान्सप्लान्टेसन विभागका निर्देशक डा. जोन फोर्सिथले भने, “हाम्रो प्रविधि ब्रिटेनमा मात्र होइन, विश्वमै एउटा माइलस्टोन साबित हुनेछ ।”

यस प्रविधिले १२ देखि १६ वर्ष उमेरका ६ बच्चालाई नयाँ जीवन दियो, जो पछिल्लो दुई–तीन वर्षदेखि अंग दानकोरुपमा हृदय प्राप्त गर्न पर्खिरहेका थिए । यसको मतबल यो छ कि अब व्यक्ति मरणोत्तर अधिक दान गर्न सक्षम हुनेछन् । अब ट्रान्सप्लान्टको लागि मानिसहरुले लामो समय कुर्नु पर्दैन ।

अर्गन केयर सिस्टमः मुटुलाई २४ घन्टा जीवितै राख्छ
एनएचएस का डाक्टरहरुले एक अर्गान केयर सिस्टम (Organ Care System) मेसिन बनाएका छन् । मृत्युको पुष्टि हुने बित्तिकै दाताको मुटु तत्कार निकालिन्छ र यस मेसिनमा राखिन्छ र १२ घन्टासम्म परीक्षण गरी प्रत्यारोपण गरिन्छ । दाताबाट पाएको मुटु जुन बिरामीको शरीरमा लगाउनुपर्ने हो, उसको शरीरको आवश्यकताअनुसार अक्सिजन, पोषण तत्व र उसको समूहको रगत यो मेसिनमा राखी २४ घन्टासम्म जीवित राख्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...