एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

13

काठमाडौँ,९ असार । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागु हुनेगरी विभागलाई अनुमति दिएको हो ।

पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...