बडीमालिका जाने क्रममा एक जनाको मृत्यु

8

बाजुरा, ३ जेठ । बाजुराको धार्मिक आस्थाको धरोहर भू–स्वर्ग बडीमालिका जाने क्रममा एकजना तीर्थयात्रीको मृत्यु भएको छ । भैरहवा स्थायी घर भइ हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो ।

मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए ।

बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइ उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताउनुभयो ।

उहाँले दिएको जानकारी अनुसार मृतक पन्थीको शव अहिले जिल्ला अस्पताल मार्तडी राखिएको बताउनुभयो । आज आफन्त पुगिसकेपछि लाशको पोस्टमार्टम गरेर जिम्मा लगाइने जानकारी दिनुभयो ।

मृतक पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका–७ घर भइ राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा समूह उपसचिव ३४ वर्षीय शिवहरी न्यौपाने, शाखा अधिकृत वर्ष ३२ का जीवन घिमिरे र लेखापाल वर्ष ३५ का उमेश शर्मा बडीमालिका दर्शनको लागि हिँडेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...