एपिएफ टोलीद्वारा ७ किलो गाँजासहित पक्राउ

141

बारा । बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा क्षेत्रबाट माघ मंगलबार एपिएफ टोलीले करिब सात किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ४६ वर्षीय महेन्द्रप्रसाद राय छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपिएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका निज रायलाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...