झाँक्री भन्छिन्, ‘बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन’

349

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रहार गरेकी छन् ।

पार्टीले राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले राष्ट्रपतिमाथि बोल्दा महिला अस्मिताको नआउने बताइन् ।

झाँक्रीले भनिन्, “बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । हामी बोल्न जन्मेका हौँ । खड्गप्रसाद ओली तानाशाह हुन् । उनको प्यादा बन्ने राष्ट्रपतिमाथि बोल्न पाइन्छ ।”

उनले थपिन्, “एउटा खलपात्रकोविरुद्धमा बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिथियो ? कुनै पदमा लिंग हुँदैन । मैले राष्ट्रपति संस्थाविरुद्ध होइन, व्यक्तिविरुद्ध बोलेको हुँ ।”

Share This:
सम्बन्धित खबर
Loading...