वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

8

काठमाडौँ, ९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...