पेट्रोलियम पदार्थको मूल्य बढ्यो

10

काठमाडौँ, ४ फागुन । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रूपैयाँ कायम भएको छ ।

त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ रूपैयाँ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टितेलको मूल्य प्रतिलिटर १४२ रूपैयाँ कायम भएको निगमले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...