सुनचाँदीको मूल्यमा सामान्य गिरावट

6

काठमाडौँ, ९ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला ८०० रूपैयाँ र चाँदी ३० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० रूपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...