गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

19

सुनसरी, ९ साउन । अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ ।

सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिनुभयो । यहाँ दैनिक १०० भन्दा बढी नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले बताउनुभयो ।

चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ छ । कटान क्षेत्रमा लामो तथा छाटो दुरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन् । यस स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीय बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...