रास्वपाले बहिष्कार गर्‍यो आजको संसद बैठक

80

काठमाडौँ, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद बहिष्कार गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेर बाहिरिएकाले आजको बैठक बहिष्कार गरेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ, हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।”

यसअघि आजको प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाएनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...