पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

30

काठमाडौँ, २६ जेठ । पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ५-३ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि ३० मिनेटको अतिरिक्त सम खेलाइएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

स्पेनका लागि अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

यसअघि पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक/एक गोल गरेका थिए । त्यस्तै, स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले एक/एक गोल गरेका थिए ।

योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...