कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : विनिता कठायत

15

काठमाडौँ, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णालीका सांसदहरुले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उहाँले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गरे पनि सरकारले फितलो जवाफ दिने गरेको बताउनुभयो ।

‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौँ । तर, यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौँ । यदि कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्तिसहितको राज्यको लगानी खोजिरहेका छौँ । तर, सरकार भने मजाक गरिराखेको छ,’ उहाँले भन्नुभयो ।

उहाँले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पुरानै गुनगान गाइरहेको पनि बताउनुभयो ।

६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उहाँको जिकिर थियो ।

Share This:
सम्बन्धित खबर
Loading...